नेप्से परिसूचकको पहिरो रोकिएन
काठमाडाैं | जेठ ३१, २०७९
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४८ अङ्कले ओरालो लागेर ३८३.५१ मा ओर्लिएको छ । कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर रु एक अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको नै शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार बैंकिङ १२.४६, व्यापार ५२.९९, होटल तथा पर्यटन ४६.६३, विकास बैंक ७६.८२, जलविद्युत् ६६.३८, वित्त ३१.४६, निर्जीवन बीमा २४२.७३, उत्पादन ६७.६३, अन्य ५१.८१, लघुवित्त ७७.२, जीवन बीमा १८६.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.०८ अङ्कले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ६७ लाख १८ हजार १९३ बराबरको कारोबार भयो । एनसिसी बैंक रु तीन करोड ७९ लाख ७७ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ५९ हजार ३३८, नबिल बैंक रु तीन करोड २० लाख १३ हजार र उपकार लघुवित्त रु दुई करोड ८७ लाख ६० हजार १९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, आधिखोला लघुवित्त ८.१८, एनएमबी (५०)४ .१०, माउण्टेन हाइड्रो नेपाल ३.७२, युनिलिभर नेपाल १.९९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए ।
त्यस्तै, हिमालयन पावर पार्टनर ९.९९, बलेफी हाइड्रोपावर ८.१५, सगरमाथा इन्स्योरेन्स ६.५१, ग्रीन भेञ्चर्स लिमिटेड ६.२४ र गणपति लघुवित्तका लगानीकर्ताले ६.२४ प्रतिशतले गुमाए ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

